निर्यात व्यापार बढाउन पहल गर्ने भारतका लागि राजदूत आचार्यको प्रतिबद्धता

काठमाडौँ, २४ माघ । भारतका लागि राजदूत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

बिहीबार काठमाण्डौमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नवनियुक्त राजदूतहरुको सम्मान कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन ।

आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रकमा व्यवसायीहरुलाई आग्रह गर्दै राजदूत आचार्यले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि पहल गर्ने बताएका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com