संसार भर छरिएका पर्बतेलिहरु दुबईमा भेला हुने

दुबई, २५ माघ । सचिन्द्र श्रेष्ठ । ‘आजको आवश्यकता प्रवासी पर्बतेलिहरुको एकता, समुन्नत समाज, समृद्ध पर्बत निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी फेब्रुअरी २८ र मार्च १ मा यूएई को दुबईमा भब्य कार्यक्रमको आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत सेवा समाज युएईको संयोजनमा उक्त कार्यक्रम तयारी धमाधम दुबईमा भईरहेको छ । आगामी फेब्रुअरी २८ र मार्च १ मा हुन गईरहेको कार्यक्रममा पहिलो दिन फेब्रुअरी २८ मा अन्तरर्राष्ट्रिय पर्वत समाजको नियमित बैठक र पर्वतेलीहरुको बिशेष भेला गरिने छ भने मार्च १ मा नेपालबाट आएका कलाकार र स्थानिय कलाकारहरु सहितको बृहत सास्कृतिक कार्यक्रम गरिने पर्वत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेलका अनुसार बताउनु भयो ।

कार्यक्रमलाइ भव्य रुपमा सम्पन्न गर्न तथा बिभिन्न देशहरुबाट आउनुहुने पर्वतेलीहरुलाई न्यानो आतिथ्य दिन हर सम्भव प्रयासरत रहेको कुरा कार्यक्रम संयोजक तथा अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष परशुराम पौडेलले जानकारी गराउनु भयो ।

कार्यक्रममा भाग लिनका लागी बिश्वभर छरिएर रहेका पर्वतेलीहरु उस्साहित रहेको यूरोप, अमेरिका तथा अस्ट्रेलियाबाट उल्लेख्य सहभागी गराउने र कार्यक्रमको जानकारी लिन फोन, इमेलहरु मार्फत जानकारी गरिएको अन्तराष्ट्रिय पर्वत समाजका कोषाध्यक्ष बिनोद गिरीले जानकारी गराउनु भयो ।

उक्त सांगीतिक कार्यक्रमका लागी नेपालबाट कुलेन्द्र बिश्वकर्मा, कृष्ण समीप, सुष्मा लोहनी, बिमल राज क्षेत्री लगायत स्थानीय कलाकारको सहभागी रहने समाजका अध्यक्ष पौडेलले बताउनु भयो । दुबईमा हुने कुम्भमेलाले केहि सकारात्मक कदम चाल्ने, एक आपसमा बन्धुत्व, भाईचारा र सहयोगका लागी समाज निरन्तर अगाडि बढ्ने अन्तर्राष्ट्रिय पर्बत समाजका अध्यक्ष पूरण गिरीले बताउनु भयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com