राष्ट्रपति भण्डारीद्वारा तीन राजदूतले लिए सपथ
काठमाडौँ, २५ माघ । देश तथा नियोगका लागि नियुक्त भएका राजदूतले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन ।
संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई, इजरायलका लागि नेपालको राजदूत डा. अन्जान शाक्य र जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले सपथ लिएका हुन।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई केही दिनअघि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गरेकी थिइन् ।