काठमाडौंका प्रत्येक वडामा ४० उद्धारकर्मी

काठमाडौँ, २६ माघ । काठमाडौँ महानगरपालिकाले सबै वडामा विपद्का समयका लागि एउटा वडाबाट ४० स्वयंसेवक राख्ने भएको छ ।

प्रत्येक वडाबाट ४० स्वयंसेवक तयार गर्नका लागि सम्बन्धित वडामा तालिम सञ्चालन गरिने साथै तालिम प्राप्त स्वयंसेवकलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइने समेत काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगरका सबै वडामा १४ सदस्यीय विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन भइसकेको छ । महानगरभित्रको विपद्मा तत्काल खटिन सक्ने एक हजार २८० दक्ष उद्धारकर्मी तयार गर्ने तयारीमा लागेका जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com