आमाको नामबाट नागरिकता दिन माग

काठमाडौँ, २६ माघ । लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक ¥याली निकालिएको छ ।

महिला, कानून र विकास मञ्चको आयोजनामा शुक्रबार काठमाडौँको माइतीघरबाट निकालिएको उक्त सचेतनामूलक ¥याली नयाँबानेश्वर चोकमा पुगी सम्पन्न भएको थियो । ¥यालीमा पूर्ण नागरिक, पूर्ण अधिकार नागरिकतामा समान अधिकार, कोख मेरो सन्तान कस्को रु, आमाको नामबाट नागरिकता सुनिश्चित गरलगायत नारासहित सचेतनामूलक सडक नाटक गरेर ¥याली समापन गरिएको थियो ।

सामाजिक तिरस्कार, अपमान, राज्यबाट पाउने सेवासुविधा नपाउँदा महिलाको जीवनमा आउने समस्याका साथै महिलाले मृत्युको बाटो रोज्न बाध्य हुनु परेको घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको थियो । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com