प्रदेश नं. ३ लाई ‘प्लास्टिक व्यवस्थित प्रदेश’ बनाउने सरकारको लक्ष्य : मन्त्री नेपाल

काठमाडौँ, २८ माघ  । प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपालले प्रदेश–३ लाई प्लाष्टिक व्यवस्थित प्रदेश बनाउने लक्ष्य लिएको बताउनुभएको छ ।

इनोभेटिभ भिजनको संयोकत्वमा प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश–३ का प्लाष्टिक पुनः प्रशोधन उद्योगीहरूसँगको सहकार्यमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले प्लाष्टिकलाई वातावरणबाट हटाउने काममा नीजि स्तरबाट सञ्चालित प्लाष्टिक पुनः प्रशोधन गर्ने उद्योगको योगदान रहेको छ, नीति ऐन बनाएर ति उद्योग सञ्चालनका लागि सहज वातावरण तयार गर्न प्रदेश–३ सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्लाष्टिक पुनः प्रशोधन गर्ने उद्योगीहरूको तर्फबाट बोल्दै जयराम खनालले प्लाष्टिक पुनः प्रशोधन गर्ने उद्योगहरू अहिले प्रदेश– ३ मा मात्र करिब एकसयको सङ्ख्यामा स्थापना भएको जानकारी गराउनुभयो । उहाँले फालेका प्लाष्टिकलाई पुनः प्रशोधन गरी विभिन्न सामग्री तयार गर्दछन्, त्यस्ता उद्योगले एक उद्योगमा १० जनादेखि एकसय जनासम्मले प्रत्यक्ष रोजगारी पाईरहेका जानकारी दिंदै राज्यले यस उद्योग सञ्चालनको लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्लाष्टिक वातावरणका लागि हानिकारण बस्तु भएपनि यसको प्रयोगलाई एकैपटक हटाउन सकिन्न, विश्वभर नै यसको पुन प्रयोग भईरहेको अवस्थामा नेपालमा पनि यसलाई नीति नियम बनाएर व्यवस्थित पार्नुपर्ने उहाँको तर्क रहेको थियो ।

त्यसैगरी उद्योगी लालबहादुर गिरीले प्रदेश–३ का १३ जिल्लामा रहेको करिब एकसयवटा उक्त उद्योगहरूमा लगानी न्युनतम ५० लाख रूपियाँदेखि दश करोड रूपैयाँसम्मका रहेका छन्, त्यस्ता उद्योगहरू नीजि स्तरमै सञ्चालीत रहेको बताउनुभयो । उद्योगले प्लाष्टिकको पुनः प्रयोग गरी सहयोग पु¥याईरहेको छ । उद्योगका फलामका मेशिन तात्न धेरै विद्युत खपत हुन्छ, सय केजी प्लाष्टिक प्रशोधन गरी मुस्किलले २५ केजी सामान उत्पादन गर्न मिल्ने कच्चा पदार्थ बन्ने भएकोले यस उद्योग चलाउन अति नै मेहनत, धेर्यता र लगानी लाग्छ । यस उद्योगलाई राज्यले कृषि क्षेत्रलगायत अन्य क्षेत्रका लागि दिने अनुदान दिए धेरैले यस उद्योग चलाएर देशलाई समृद्ध बनाउन सहयोग पु¥याउन सक्ने बताउनुभयो ।

कार्यक्रममा विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का प्रविधी सङ्काय प्रमुख वैज्ञानिक रविन्द्रप्रसाद ढकालले नास्टले प्लाष्टिक प्रशोधन गरी डिजेल निकाल्न सफल भएको जानकारी दिंदै प्लाष्टिक प्रशोधन उद्योगमा पनि डिजेल निकाल्ने प्रविधी जडान गरी उत्पादन बढाउन सकिने बताउनुभयो ।

उहाँले उद्योगीहरूलाई नास्ट र व्यक्तिगत तर्फबाट उद्योगमा बन्ने सामानको गुणस्तर बढाउन, डिजेल उत्पादन गर्न र उद्योगमा आवश्यक अन्य सहयोग पनि गर्न हरवखत तयार रहेको जानकारी दिनुभयो ।

सुइरो कार्यक्रम चितवनका संयोजक डिल्लीराम सापकोटाले चितवनमा वि.स. २०५९ देखि हरेक घर टोल–टोलमा सुइरो राखेर त्यसमा प्रयोग गरेका प्लाष्टिक उनेर राख्न सुझाव दिएपछि गाउँ टोलका मानिसहरूले त्यसमा प्लाष्टिक राखिदिन्छन् त्यसलाई संस्थाले नियमित रूपमा उठाएर प्रशोधन उद्योगलाई दिन थालेदेखि सहर सफा भएको अनुभव सुनाउनुभयो ।

उद्योगी माधव अर्यालले एक उद्योगले करिब पाँचसय परिवार पालिरहेको अवस्था छ । राज्यले कर नतिर्ने व्यवसायीको मनसाय होइन, तिर्ने नै हो तर उद्योग सञ्चालनका लागि पनि सहज वातावरण तयार गरिदिनुप¥यो । रोजगारी सृजना गर्ने, वातावरण प्रदुषण गराउने प्लाष्टिक पुनः प्रशोधन गर्ने उद्योगलाई राज्यले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

त्यसैगरी निरोज गुरूङले प्यानमा दर्ता भएका र भ्याटमा दर्ता भएका सबै उद्योगले एउटै दरको कर तिर्नुपर्ने प्रवृत्ति खारेज हुनुपर्ने माग राख्नुभयो ।

उद्योगी मनोज थापाले भने पहिले बस्ती नभएको स्थानमा प्लाष्टिक पुनः गर्ने उद्योग स्थापना गरेकोमा अहिले वरीपरी घरैघर बन्दै गएपछि छिमेकीले फोहर पा¥यो भनेर उद्योग सार्न दबाव धेरै उद्योगलाई पर्न थालेको छ त्यस्तो अवस्थामा राज्यले उद्योगलाई व्यवस्थित गर्न सहयोग गर्नुप¥यो भन्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com