काठमाडौं महानगरद्वारा नगरपालिकालाई १/१ करोड सहयोग
काठमाडौं, २८ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ९ वटा नगरपालिकालाई १/१ करोड सहयोग गरेको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा महानगरले नगर साझेदारी कार्यक्रमअन्तर्गत नगरपालिकाहरुलाई ९ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
महानगरपालिकााक मेयर विद्यासुन्दर शाक्यले कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकालाई प्रतिनगर १ करोड रुपैयाँ हस्तान्तरण गरेका हुन ।
उक्त महानगरपालिकााले उपलब्ध गराएको रकम नगरपालिकाहरुले हरियाली प्रबर्धन, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि खर्च गर्नु पर्नेछ ।