अमेरिकाको बोस्टनमा भव्य सोनाम ल्होछार पर्व : आपसी सद्भाव र संस्कृतिको जगेर्ना

अमेरिका, २९ माघ । आपसी सद्भाव र संस्कृतिको दुतको रुपमा रहेको सोनाम ल्होछार पर्व अमेरिकाको बोस्टन सहरमा भव्य रुपमा मनाइएको छ ।

अमेरिकाको बोस्टन सहरमा आफ्नो घर्म, संकृती र परम्पराको संरक्षण गर्ने किसिमले गत सालहरु जस्तै यस साल पनि २८५५ सोनाम ल्होछार फाग ल्होला ज्याबाडान्वा रमाइलो र उत्साहपूर्ण मनाईएको छ ।

बिशेष गरी तामाङ् समुदायमा यस पर्वको महत्व भनेकै एक अर्का बिच माया, सत्भाव र नयाँ वर्षको शुभकामना आदन प्रदान गर्दै भातृत्वको विकास गर्नु रहेको छ । नेपाल र नेपालीको धर्म, संस्कृतिलाई विश्वसामु पुर्याउँदै देशको पहिचान स्थापित गराउनु सोनाम ल्होछार पर्वको अर्को महत्वपूर्ण पक्ष हो । जसको फलस्वरुप यस पटक अमेरिकाको बोस्टन सहरमा मनाइएको ल्होछार पर्वलाई लिन सकिन्छ ।

मानिक लामाको अध्यक्षतामा बोस्टन सहरमा भएको उक्त कार्यक्रममा बोस्टन सहरको मात्र नभई अरु सहरबाट पनि उल्लेख्य रुपमा तामाङ समुदाय लगायतका अन्य नेपाली समुदायको उल्लेख्य रुपमा सहभागिता रहेको थियो । यसबाट के प्रष्ट बुझ्न सकिन्छ भने विश्वका सम्पूर्ण तामाङ समुदायमात्र नभई विश्वभर फैलिएर रहेका आम नेपाली समुदायहरु एक ढिक्का भई अघि बढेमा अन्य मुलुकका नागरिकको ध्यान केन्द्रित हुने देखिएको छ ।

अध्यक्ष लामाले कार्यक्रममा उपस्थित विशेष अतिथि, सम्पूर्ण अतिथि, गायक, गायीका, नृत्य प्रस्तोता, उपस्थित सम्पूर्ण महानुभवलाई ल्होछारको शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com