माल्टामा खुल्यो युरोप एनआरएनएको २८ औं शाखा
एजेंसी, १ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युरोपेली मुलुक माल्टामा २८ औं शाखा खुलेको छ ।
मंगलबार माल्टाका गैरआवासीय नेपालीहरुको एक भेलाले तेजबहादुर लिम्वुको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
एनआरएनएले मुलुकभर आफ्नो ८० औं शाखा विस्तार गरेको छ । युरोपेली मुलुक माल्टामा संघको ८० औं शाखा खुलेको हो । योसँगै एनआरएनएको युरोप क्षेत्रमा मात्रै २८ वटा राष्ट्रिय समन्वय परिषदहरु गठन भएका छन् ।
माल्टामा कति नेपालीको बसोबास छ भन्ने यकिन तथ्यांक त छैन । तर, त्यहाँ करिब ४ हजार नेपाली रहेको अनुमान गरिएको छ ।