‘क्याप्टेन’को गीतमा निरुता र भुवनसगै अनमोल (भिडियो सहित)
काठमाण्डौ, ३ फागुन । दिवाकर भट्टराइको निर्देशनमा रहेको फिल्म ‘क्याप्टेन’ को दोस्रो गीत सार्वजनक भएको छ ।
‘कर्ली कर्ली कपाल’ बोलको गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ भने एसडी योगी र सुशान्त गौतमको संगीत र रचना हर्क साउद र मनिष ढकालको रहेको छ ।
रेनशा वान्तवा राईको कोरियोग्राफी गीतको भिडियोमा भुवन केसी र निरुता सिंहले साथमा अभिनेता अनमोल केसी रहेका छन । भुवन केसी निर्मित फिल्मको छायांकन भने सुदिप बरालले गरेका छन ।
फागुन १७ मा रिलिज हुने फिल्ममा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको अभिनय रहेको छ ।
भिडियो