आज मनकामना केबलकार बन्द

काठमाडौं, ५ फागुन । मनकामना केबलकार आज बन्द हुने भएको छ ।

शनिवार साँझ ७ बजे परेको चट्याङले केबलकारमा क्षति पुर्‍याएपछि मनकामना केबलकार आज बन्द भएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

प्रा.लि.का अनुसार चट्याङले क्षति पुर्‍याएको केबलकारमा आज मर्मत गरी सोमबारदेखि पुनः सञ्चालनमा आउने जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com