अमिताभ बच्चनद्वारा काश्मिर हमलामा मारिएका सेनाका परिवारलाई सहयोग

एजेन्सी, ५ फागुन । बलिउड अभिनेता अमिताभ बच्चनले जम्मू काश्मिरमा आत्मघाती हमलामा मारिएका केन्द्रीय रिजर्भ प्रहरी बल ९सीआरपीएफ०का जवानका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएका छन् ।

बच्चनले सीआरपीएफ जवानका परिवारलाई २।४५ करोड भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् ।  उनले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारु दिने घोषणा गरेका हुन् ।

अमिताभले कूल २ करोड ४५ लाख भारुको सहयोग राशीको घोषणा गरेका छन् । यो राशी ४० सैनिक जवानको परिवारलाई दिइनेछ ।

गएको वर्ष बच्चनले देशको सुरक्षा गर्दा गर्दै शहीद भएका भएका ४४ जवानका परिवारलाई एक करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com