काश्मिरमा गोली हानाहान, चार सैनिकको मृत्यु

एजेन्सी, ६ फागुन । जम्मु-काश्मिरमा गोली हानाहान हुँदा भारतीय सेनाका चार जना मारिएका छन् भने एक जाना घाइते भएका छन् ।

सोमबार बिहान पुलवा जिल्लाको पिंगलेनामा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि उक्त ठाउमा सेना परिचालित हुदा गोली हानाहान भएको हो ।

सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त रुपमा सेनाले घेराबन्दी गरेर अपरेशन जारी राखेको छ ।

गत हप्ता बिहीबार सेनाको एक टुकडीमा विद्रोहीले आक्रमण गरेपछि सेनाको संयुक्त टिमले कारबाही अभियान चलाइरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com