शिक्षामन्त्री पोखरेलद्वारा चैत महिनाभित्रै स्ववियु चुनाव गर्न प्रस्ताव
काठमाडौं, ६ फागुन । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैत महिनाभित्रै स्ववियु चुनाव गर्ने प्रस्ताव गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा प्रश्नको जवाफ दिँदै उनले चैतभित्रै स्ववियु चुनाव गराउन प्रतिपक्षी दल लगायत सबैलाई तयार हुनुपर्ने बताएका छन ।
मन्त्रीको पोखरेलले भने ‘फागुनभित्र हामीले ढिलो चाँडो चुनाव गरिसक्नुपर्ने आवश्यकता हो, र प्राथमिकता हो । चैतभित्र स्ववियु चुनाव गराइसकौं, सहमति गरौं यसमा’ उनले भने ‘चैतपछि वैशाखमा शैक्षिक सत्रलाई प्रभावित गर्ने गरी नजाऔं, प्रणालीगत रुपमा यसलाई पनि हल गर्न जरुरी छ । ’
साथै शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले स्ववियु चुनावको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सरोकारवालासँग छलफल गरिसकेको बताएका छन ।