आज ‘श्री स्वस्थानी व्रत कथा’ समापन

काठमाडौं, ७ फागुन । पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको ‘श्री स्वस्थानी व्रत कथा’ आज समापन  हुँदैछ ।

हिन्दु धर्मग्रन्थि अनुसार हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ।

समापनका अवसरमा आज काठमाडौंको साँखुस्थित शालिनदीमा विहानैदेखि भक्तजन तथा व्रतालुहरूले विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने गर्दछ ।

देवाधिदेव महादेवसहित स्वस्थानीको विधिपूर्वक पूजा आराधना गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। समापनको पूजामा स्वास्थानी देवीलाई १०८ को संख्यामा पूजा सामग्री चढाइन्छ। अक्षता, बेलीपुष्प, जनै, पान, रोटी, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com