‘जानी नजानी’को पोस्टर सार्वजनिक

काठमाडौं, ८ फागुन । बसन्त अधिकारीको निर्देशन रहेको फिल्म ुजानी नजानीु को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक पोष्टरमा लिड कलाकारहरु मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ ।

आउँदो चैत्र १ गतेबाट प्रदर्शन हुने फिल्ममा मनिष श्रेष्ठले ‘देव’ निरिशा बस्नेतले ‘मिरा’, सन्नी सिंहले ‘चिराग’ र नम्रता श्रेष्ठले ‘वर्षा’ को भूमिका निभाएका छन् ।

फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा छायांकन संजय लामाको रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com