भद्र घले शिक्षा सदनका विद्यार्थीबीच प्रहरी

सामुदायीक प्रहरी सेवा केन्द्र लाखेचौर, बानेश्वरको पहलमा स्थानीय देवीनगरस्थित भद्र घले शिक्षा सदनका विद्यार्थीबीच प्रहरी पुगेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गठित विद्यालय प्रहरी समन्वय समितिको कार्यक्रम अन्तर्गत शान्तिसुरक्षाका विविध विषयबारे विद्यार्थीलाई जानकारी गराउन प्रहरी त्यहाँ पुगेको हो ।

सो विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि गोविन्दराज काफ्लेले कुनैपनि व्यक्तिले ‘असल र खराव’ नियतले गर्नसक्ने शारिरीक स्पर्शबारे जानकारी गराउँदै खराव नियतको स्पर्श भएमा तत्काल प्रहरीलाई खवर गर्न आग्रह गरे ।

नचिनेको व्यक्तिले दिएको खानेकुरा नखाने, आफु कतै गएको बेला आफ्नो बारेमा परिवारलाई जानकारी गराईराख्ने र आफ्नो सुरक्षाको बारेमा पहिला आफु नै सचेत हुने बारेमा नेपाल प्रहरीले तयार गरेको सन्देशमुलक भिडियो प्रस्तुत गर्दै त्यसबारे डिएसपि काफ्लेले विद्यार्थीलाई जानकारी पनि गराए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल हेमसागर ढुंगेल, सामुदायीक प्रहरी सेवा केन्द्र लाखेचौर, बानेश्वरका इन्चार्ज, प्रह ताराराम दयालले पनि विद्यालय प्रहरी साझेदारी कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com