‘कब्स’को गीतमा अनुप र सन्दिपा (भिडियो सहित)

काठमाडौँ, ९ फागुन । सम्राट सापकोटाको निर्देशन रहेको फिल्म ‘कब्स’को पहिलो गीत ‘तिमी र म’ बोलको भिडियो रिलिज भएको छ ।

फिल्म यूनिटले आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना उक्त फिल्मको गीत सार्वजनिक गरेको हो । गीतमा गायक विजय घिमिरे र गायिका नीतु घिमिरेको स्वर रहेको छ भने गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा अनुप विक्रम शाही र सन्दिपा लिम्बुको अभिनय रहेको छ । राम शाक्यले निर्माण गरेको फिल्ममा अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सुशन प्रजापति छायांकन गरेको फिल्मलाई शिशिर खातीले कोरियोग्राफी गरेको छ ।

भिडियो

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com