नयाँबानेश्वर प्रहरीद्वारा अवैध घरेलु मदिरा वरामद

काठमाडौं, १० फागुन । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले सो वृत्त मातहत पर्ने शान्तिनगर सुकुम्वासी टोल, बुद्धनगर, पुरानो बानेश्वर, थापागाउँ र नरेफांटमा बिहीबार साँझ छड्के जाँच गर्दा ठूलोमात्रामा अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ, भाँडाकुँडा, ग्यास चुल्हो र स्टोभलगायत वरामद गरेको छ ।

वृत्त प्रमुख डिएसपी गोविन्दराज काफ्लेको नेतृत्वमा गएको टोलीले ति ठाउँबाट २ हजार लिटर तयारी अवैध घरेलु मदिरा र ८ हजार लिटर कच्चा पदार्थ बरामद गरेको थियो । वरामद गरेको मदिरा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा पत्रकारको रोहवरमा बिहीबारै साँझ बागमती नदी किनारमा खाल्टो खनी नष्ट गरिएको थियो ।

सोही ठाउँबाट वृत्तले गत मंसीर र पुसको अन्तिम सातामा ति ठाउँको साथै काँडाघारीमा समेत छापा मार्दा २३ हजार अवैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ वरामद गरेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com