‘रात्रीकालीन मनोरञ्जन व्यवसायलाई मर्यादित बनाउनु’ : प्रहरी

काठमाडौं, १२ फागुन । बलराम प्यासी । क्याविन रेष्टुरेन्ट, डान्सबार, रोधीघर र दोहोरी साँझहरु महिला कामदार मैत्री छन कि छैन ? त्यहाँ आउने ग्राहकहरुले महिला कामदारमाथि यौनजन्य दुव्र्यवहार गरिराखेका छन कि ? ग्राहकबाट सञ्चालक तथा ग्राहक र सञ्चालक दुवैबाट महिला कामदार सुरक्षित छन कि छैनन ? त्यहाँ उपलव्ध हुने खानेकुराहरु स्वस्थकर छ कि छैन ? काम गर्ने वातावरण, सुरक्षित रुपमा राती घर फर्किने वातावरण कस्तो छ ?

यस्तैयस्तै विषयलाई समेटेर समुदाय—प्रहरी साझेदारी कार्यक्रम मार्फत काठमाडौं महानगरपालिका १०, ३१ र ३२ मा सञ्चालित त्यस्ता रात्रीकालीन मनोरञ्जनात्मक व्यवसाय सञ्चालक र त्यहाँ काम गर्ने महिला कामदारहरुलाई सहभागी गराई पहिलोपल्ट वृहत प्रशिक्षण दिइएको छ ।

महानगरीय प्रहरी वृत नयाँबानेश्वर, रात्रीकालीन मनोरञ्जनात्मक व्यवसायी संघ र माइती नेपालको संयुक्त आयोजनामा आयोजित सो प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा महानगरका उपरोक्त ३ वटा वडामा सञ्चालित २२ वटा रात्रीकालीन व्यवसाय सञ्चालकका साथै महिला र पुरुष कामदार गरि ३ सय जनाको सहभागिता रहेको संघका अध्यक्ष आशिष खड्काले बताए ।

कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले रात्रीकालीन मनोरञ्जनात्मक व्यवसायलाई कानुनसम्मत र मर्यादित बनाउनु त्यसका सञ्चालक र उनीहरुको हकहीतको लागि भनेर गठन भएको रात्रीकालीन मनोरञ्जनात्मक व्यवसायी संघकोे भएको उल्लेख गर्दै व्यवसाय, सञ्चालक, कामदार र ग्राहकको सुरक्षा गर्नु नेपाल प्रहरीको दायित्व भएको बताए ।

त्यस्ता संवेदनशील व्यवसायमा सबैभन्दा पहिला महिला कामदार सुरक्षित हुनेखालको काम गर्ने वातावरण बनाउनुपर्ने, हरेक व्यवसायमा सिसि टिभिको व्यवस्था गर्नुपर्ने, व्यवसाय वातावरण र महिला कामदारमैत्री हुनुपर्ने उल्लेख गर्दै काफ्लेले रात्रीकालीन मनोरञ्जन गर्न आउने ग्राहकको उद्धेश्य यौनजन्य हुने हुनाले त्यसबाट कामदार महिलालाई सुरक्षित राख्न सञ्चालकलाई निर्देशन दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com