भक्तपुरमा प्याराग्लाईडिङ उडान सफल रुपमा परिक्षण

भक्तपुर, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्यागेमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको भक्तपुरमा पर्यद्धन प्रवद्र्धन गर्ने मूख्य लक्ष्य साथै नेपाल सरकारको समृद्ध नेपाल : सुखी नेपालीको महाअभियानलाई चरितार्थ पार्ने उद्देश्यका साथ भक्तपुरमा प्याराग्लाईडिङ उडानको सफल परिक्षण गरिएको छ ।

शनिवार सूर्यबिनायकको रानीकोटबाट परिक्षणका रुपमा उडाइएको प्याराग्लाईडिङ गुण्डुमा उतारिएको थियो । जिल्लामा प्याराग्लाईडिङ शुरु गर्न केहि समयअघि गुण्डु ईन्टरनेस्नल प्याराग्लाईडिङले पर्यटन मन्त्रालयबाट स्वीकृति लिएको थियो ।

गुण्डु ईन्टरनेस्नलका अध्यक्ष निर्भय बाबु प्रसाईका अनुसार, शनिवार बिहानदेखि जिल्लाको पर्यटकीय रमणीय स्थल रानीकोटबाट ७ वटा टेष्ट फ्लाइट गरिएको थियो । परिक्षण सफल भएसंगै कम्पनिले छिटै व्यवसायिक उडान शुरु गर्ने प्रसाईले बताउँनु भयो ।

प्याराग्लाईडिङबाट काठमाडौँ उपत्यकाको मनोरम दृष्य देखिने छ भने काठमाडौँ उपत्यका वरपर रहेका मनोरम हिमालका दृष्यावलोकन गर्न सकिने छ ।

एक पछि अर्को गर्दै भक्तपुरले विकासमा ठूलै फड्को मार्ने क्रममा यो प्याराग्लाइडिङलाई पनि एक पर्यटकियमात्र नभई आर्थिक वृद्धिको मेरुदण्डका रुपमा समेत हेरिएको छ ।

सांसद बस्नेतकै पहलमा भक्तपुरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गौरवका आयोजनाहरु निर्माणका प्रकृयामा तिव्र गतिमा अघि बढिरहेका छन् । उहाँकै पहलमा धार्मिक, सांस्कृतिक, पर्यटकिय, परातात्वीक लगायतका विकासले फड्को मारिरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com