नेविसंघको प्रदर्शनमा झडप
काठमाडौं, १२ फागुन । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ ।
आज भएको उक्त झडपमा पत्रकार केशव साउद समेत घाइते भएका छन् । स्थितिले उग्र रुप लिएपछि प्रहरले लाठी चार्ज पनि गरेको थियो ।
नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो । हाल पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध गरिएको छ ।