गायक बोगटीको ‘टिकुली’ गीत रिलीज (भिडियो सहित)

काठमाडौं, १३ फागुन । गायक तथा नायक बाबु बोगटीको गीत ‘टिकुली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा नारद रिजालको शब्द रहेको छ भने संगीत र स्वर गायक बोगटीकै रहेको छ । गम्भीर विष्टले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा  नायिका स्वस्तिमा खड्का र नायकको रूपमा स्वयं आफैले अभिनय गरेका छन ।

गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन रहेको छ भने नबीन निरौलाले संपादन गरेका छन । त्यस्तै गरि सुबोल थापाले उक्त म्यूजिक भिडियोको कोरियोग्राफर गरेका हुन भने मोहित रिजालले एरेन्ज गरेका छन ।

भिडियो

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com