करेन्ट लागेर एक जनाको मृत्यु
झापा, १५ फागुन । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मंगलवार कमल गाउँपालिका–५ निवासी सूर्यकुमार राईको घर बनाउने क्रममा सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ३० वर्षीय मुसित मंसुरीको करेन्ट लागे मृत्यु भएको प्रहरीले बताएका छन ।
करेन्ट लागेर गम्भीर घाइते भएका मंसुरीलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।