दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्युप्रति सांसद पहारीद्वारा दुःख व्यक्त

पोखरा, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, निवर्तमान युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीले ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको निधन भएकोमा दुःख व्यक्त गर्नु भएको छ ।

सांसद पहारीले मृतकहरुका परिवारजनमा समवेदनासहित मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । नेपालको अमुल्य सम्पतीका रुपमा स्थापी मन्त्री अधिकारी रचनात्मक तथा सिर्जनात्मक रुपमा अव्वल रहेको बताउनुहुँदै सांसद पहारीले मन्त्री अधिकारी जनताको ढुकढुकी भएको बताउनुभयो ।

उहाँले नेपाली विद्यार्थी आन्दोलन तथा लोकतन्त्र स्थापनामा स्व. मन्त्री अधिकारीले पुर्याउनु भएको योगदान अतुलनिय रहेको भन्दै सांसद पहारीले भन्नुभयो, ‘मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो । देशले ऐतिहासिक ठूलो क्षती व्यहोर्नु परेको छ । दुर्घटनामा निधन भएका सबैको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै शोक सन्तप्त समस्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवानसँग प्राथना गर्दछु ।’

दुर्घटनामा मन्त्री अधिकारीको साथमा यती एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com