भरतपुर महानगरपालिका प्रमुख दाहाल र उपप्रमुख शाहबीचको विवाद उत्कर्षमा

चितवन, १६ फागुन । भरतपुर महानगरपालिकाको प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहबीचको विवाद उत्कर्षमा पुगेको छ ।

प्रमुख मेयर रेनु दाहालले नियमित पत्रकार सम्मेलन गर्दै आफु महानगरको विकास र समृद्धिका तल्लिन भएको भन्दै उपप्रमुख शाहल मिथ्या आरोप लगाएर चरित्र हत्या गर्ने प्रयासे गरेकी बताईन् । अन्तरिक रुपमा केहि समस्यामा आएपछि एक ठाउँमा बसेर गहन छलफल गरेर समस्याको निकास दिन नसक्दा दुवै जनाको आक्रोश मिडिया मार्फत छताछुल्ल भएको छ ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दुई पटक पत्रकार सम्मेलन गरेर प्रमुख माथि आरोप लगाएपछि प्रमुख रेनु दाहालले आज पत्रकार सम्मेलन आरोप प्रमाणीत गर्न चुनौती दिएकी छिन् । उनले भनिन्, ‘म र महानगरपालिकाको कर्मचारी माथि नभएका झुठा विवरण सार्वजनिक गर्दै वदनाम गर्दै हिड्नु भएको छ ।’ उनले तथ्यहिन विषयलाई मिडियावाजी गर्दै उपप्रमुखले चितवनदेखि काठमाण्डौसम्म पुगेर पत्रकार सम्मेलन गरी झुटा विषय उचालेको बताइन् ।

महिलाहरुले नेतृत्व गरेको ठाउँमा नमुना बनाउने भनेर लाग्दा आफै अतालिएर हिड्एको बताउँदै प्रमुख दाहालले उपमेयर शाहले आफ्नो सचिवालयदेखि सबै क्षेत्रमा नातागोतालाई नै जागिर लगाएको समेत आरोप लगाईन् । प्रमुख दाहालले भनिन्, “मलाई व्यक्तिगत लाभ लिनु केही छैन्, महानगरको विकासमा कटिबद्ध छु, अनावश्यक विवादमा मुछेर मेरो चरित्र हत्याको प्रयास भयो ।”

उनले उपमेयर पार्वती शाहले आफुमाथि लगाएका आरोप पुष्टी गर्न चेतावनी समेत दिइन् । उपमेयरले लगाएका सबै आरोप झुटा र मनगडन्ते भएको उनले दावी गरिन् । उपमेयरले आफ्ना ४ जना नजिकका नातेदारलाई सचिवालयमा राखेको र एकजना भतिजिलाई कम्प्युटर अपरेटर नियुक्ती गर्न ताकेता गर्दै आएकोमा प्रमुख प्रशासकीय अधिकृतले नियमले नमिल्ने भन्दै फकाएपछि त्यसैको विरोधमा उपमेयर शाह पत्रकार सम्मेलन गर्दे हिडेको प्रमुख दाहालको दावी छ । उपमेयर पनि महानगरको दोस्रो जिम्मेवार व्यक्ति भएकोले आफुमै भएको कमजोरी खोज्न र जथाभावी नबोल्न दाहालले आग्रह समेत गरिन् ।

प्रमुख रेनुले विकास समृद्धिमा असर पार्ने तरिकाले कपोकल्पित विषय उठाएर हिडेको भन्दै महानगर बनाउने दुवैको दायित्वमा पर्ने बताईन् । महानगरपालिकाले गरेको अनियमितता, भ्रष्टाचार, आर्थिक हिनामिना वा कुनै पनि विषयमा कमजोरी भएको भए प्रमाणसहित आएमा आफूले सजाय भोग्न तयार भएको दाहालले चुनौती दिईन् ।

प्रमुख दाहालले भनिन्, ‘भतिजीलाई जागिर दिन दवाव दिनु भयो, बहिनी कार्यालय सहयोगी नियुक्त गर्नु भयो, ज्वाई ड्राइभर, भतिजा स्वकीय सचिव, वहिनीको छोरीलाई नियुक्ती दिनु प¥यो भन्ने विषय थियो ।’

सम्मेलनमा आफु बारेमा लागेका आरोपको खण्डन् गर्दै प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले आफुले कुनैदिन पनि गलत मनसाय राखी जनप्रतिनिधीलाई व्यवहार नगरेको जिकिर गरे । उनले आफूले गल्ती गरेको प्रमाण दिए माफी माग्न पनि तयार रहेको भन्दै आफू गल्ती नगरेको दावी गरे ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com