मन्त्री अधिकारी र घिमिरेको मात्र शव पहिचान : पोष्टमार्टम गर्न करिव १० घण्टा लाग्ने

काठमाडौँ, १६ फागुन । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये ५ जनाको शव पहिचान गर्न कठिनाइ भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उहाँका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको हो ।

पर्यटनमन्त्री अधिकारीको शव पूर्ण रुपमा जलिसकेको थिएन । त्यस्तै, पीएसओ घिमिरको उनले लगाएको बुटका कारण पहिचान भएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टरका अनुसार कुनै पनि एक शबलाई पोष्टमार्टम गर्न करिब दुई घण्टा लाग्न सक्ने बताइएको छ । जुन पाँच जनाको लागि मात्र समस्या रहेको र दुई जनाको पहिचान भएको बताइएको छ । सातै जनाको शब अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।a

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com