उपप्रम पोखरेलद्वारा मन्त्री अधिकारीलाई राजकीय सम्मान सहित अन्तिम श्रद्धाञ्जली पोखरामा दिइने

काठमाडौँ, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले राजकीय सम्मानका साथ अन्तिम श्रद्धाञ्जली पोखरामा दिनुहुने भएको छ ।

काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने भएको छ ।

स्व. नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उहाँको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । श्रद्धाञ्जली कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

अन्तेष्टि कार्यक्रममा संघिय सरकारको तर्फबाट उपप्रधानमन्त्री पोखरेलले राजकीय सम्मान सहित अन्तेष्टि गरिने कार्यक्रम तय गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com