शनिबार तीन घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं, १७ फागुन । शनिबार तीन घण्टा बत्ति नआउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले शनिबार ११ वजे देखि २ बजे सम्म चाबहिल, गौसाला, मुलपानी, कपनमा विद्युत आपूर्ति बन्द गर्ने भएको हो।

उक्त क्षेत्रमा स्वीच गार्ड मर्मत गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गरिने बताइएको छ । उक्त क्षेत्रमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै नेपाल विद्युत प्राधिकरण ग्रिड विभागले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com