नेकपाद्वारा ‘शोक प्रस्ताव पारित’, आखाँमा राख्दा पनि नविझाउने नेता अधिकारी : प्रम ओली

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले स्व. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी आँखामा पर्दा समेत नविझाउने युवा तथा प्रभावशाली नेता भएको बताउनुभएको छ ।

शुक्रबार नेकपाको संसदिय दलको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रियताको खम्वाको रुपमा रहेका, युवाको आसा र भरोसाका केन्द्रविन्दुको वा दियोको रुपमा रहेका मन्त्री अधिकारीसहित देशका होनोहार ७ व्यक्तित्वको दुःखद् निधनले देश रोएको बताउँदै उहाँले भन्नुभयो, ‘राष्ट्र र राष्ट्रियताको माया, ममता तथा राष्ट्रप्रेमी व्यक्ति भावविह्रल भएका छन्, आँशु थामिएका छैनन्, शाँशुले देशको माटो भिजेको छ । मन्त्री अधिकारी आखाँमा लगाउँदा समेत नविझाउने व्यक्ति हुनुहुन्थ्यो ।’

युवा जोस, जाँगर र उत्साहका साथ देशलाई नयाँ बाटो र लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्न अति आवश्यक व्यत्तित्वको दुःखद् निधनले देशकै ऐतिहासिक ठूलो क्षती भएको बताउँदै प्रधानमन्त्री ओलीले स्व. मन्त्री अधिकारी खुला किताव रहेको बताउनुभएको छ । उहाँले शोकलाई शक्तिमा बदल्दै तोकिएको समयमा मन्त्री अधिकारीले बनाएको योजना सफल बनाउनु नै उहाँ प्रति सच्चा सम्मान हुने बताउनुभएको छ ।

वाइडबडीका बारेमा रबिन्द्र अधिकारीलाई आरोप लगाउनु दुःखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, “मलाई दुख लाग्छ कि वहाँ जस्तो कर्मठ, क्रियाशिसल मानिसलाई अनुचित ढंगले, त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो ।”

मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधरण काम गर्नुभएको प्रधानमन्त्री ओलीको भनाइ छ । छ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी, बिराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारी कै सक्रियतामा भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको छ ।

तेह्रथुमको चुहानडांडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर वहाँ त्यस तर्फ जानु भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो “तेह्रथुमको चुहानडांडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर वहाँ जानुभएको थियो ।” ढिलोमा तीबर्ष भित्र सो ठाउँमा बिमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

मन्त्री अधिकारी विमानस्थलहरुको अध्ययन भ्रमणकै क्रममा हिजो बिहिबार जमर्नीको म्यूनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “हिजो वहाँ बर्लिन जर्मनीतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो कि म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरर्पोट ह्याण्डिलिङ बनाउने,वहाँहरुसँग सहकार्य गर्ने वहाँले योजना बनाउनु भएको थियो ।”

त्यस्तै उहाँले नेपाल सरकारको तर्फबाट मन्त्री अधिकारीले बनाएका देश विकास र समृद्धिका पक्षमा बनाएका योजना निर्धारित समयमा सफलतापूर्व सम्पन्न गराउनेमा सवलाई ढुक्क हुन समेत आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य एवं मन्त्री अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो ।

प्रस्तावमा भनिएको छ–ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पर्ने सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा फागुन १५ गते बुधबारका दिन असामयिक निधन भएकामा प्रतिनिधिसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।

बैठकले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । बैठकमा स्व अधिकारीको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।

विसं २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र नं– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का केन्द्रीय सदस्य, व्यवस्थापिका–संसद्को विकास समितिका पूर्व सभापति, लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवं जनताको पक्षमा अनवरतरुपमा लाग्नुभएको विकासप्रेमी जनप्रिय नेता हुनुहुन्थ्यो ।

उक्त हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते शनिबार दिनको १ बजे बस्नेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com