संविधान र संघीयताको भावना अनुसार अघि नबढे अदालत जान्छौं : मुख्यमन्त्री राउत

जनकपुर,२० फागुन । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान र संघीयताको भावना अगाडि नबढे सडक, सदन र संवैधानिक अदालतसम्म जाने चेतावनी दिनुभएको छ ।

जनकपुरमा आयोजित ‘संघीयता कार्यान्वयन’ बिषयक अन्तरक्रियामा मुख्यमन्त्री राउतले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा संघीय सरकारले समानान्तर सरकार चलाउन खोजेको आरोप लगाउनुभयो । मुख्यमन्त्री राउतले संविधान विपरित आन्तरिक सुरक्षासम्बन्धी विधेयक ल्याएको बताउनुभयो ।

उहाँले प्रदेशमा समानान्तर सरकार चलाउन संविधानले नचिन्ने प्रमुख जिल्ला अधिकारीलाई प्रहरी प्रशासन परिचालनको जिम्मा दिन खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि कसैले सोच्छ, संघीयता र प्रदेशलाई पंगु बनाएर विकास युनिटमात्र बनाउँछौं भने अरुलाई स्वीकार्य होला । प्रदेश २ को सरकारलाई स्वीकार्य हुँदैन ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com