बरिष्ठ अधिवक्ता फुलारा सम्मानित

काठमाडौँ, २० फागुन । नेपालमा जन्म लिई अमेरीकामा आफ्नो कर्मभूमी बनाउनुभएका बरिष्ठ अधिवक्ता बासुदेव फुलारालाई ‘शिखर अन्तर्राष्ट्रिय विशिष्ठ व्यक्तित्व सम्मान – २०७५’ बाट सम्मानित गरिएको छ ।

उपराष्ट्रपति कार्यालय कान्तिपथ काठमाडौँमा शिखर नेपालको आयोजनामा भएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उहाँलाई उक्त सम्मान वितरण गर्नुभएको हो ।

फुलारा नेपालको सुदुर पश्चिमको डोटी जिल्लाको चुडी हाल शिखर नगरपालिका जन्मनु भएका हाल अमेरिकामा आफ्नो कर्मभूमी बनाई लाखौं नेपालीको सहयोगार्थ काम गरिरहनुभएको छ । कर्मभूमी अमेरिका भएता पनि मातृभूमीलाई आफ्नो प्राणभन्दा प्यारो ठान्ने वरिष्ठ अधिवक्ता फुलाराले अमेरिकामा रहेका लाखौं नेपालीलाई विशेष गरी अध्यागमन सम्बन्धी भएका मुद्धा तथा समस्याहरुलाई समाधान गर्दै अमेरिकाको अदालतमा अफ्नो बहादुरिता प्रस्तुत गर्ने गर्नुभएको छ ।

उहाँले अमेरिककाको न्युयोर्कमा आफ्नो आधिकारिक कार्यालय ‘ल अफिसेस अफ बाशु डि. फुलारा पिसी’ स्थापना गरी विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको ३० वटा भन्दा बढी राज्यका अदालतहरुमा बाणिज्य, फौजदारी, पारिवारिक, सम्पत्ती, अध्यागमन लगायतका मुद्धाहरुमा बहस गर्दै अन्यायमा परेका मानिसलाई न्यायको आभास दिलाउने कार्यमा तल्लीन रहनुभएको छ ।

नेपाल ल क्याम्पसबाट कानुन संकाय लिई अध्ययन गुर्न भएको उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत अब्बल क्षमता प्रस्तुत गरिसक्नु भएको छ । उहाँको क्षमता तथा योग्यतालाई कदर गर्दै ‘नेपाल महिन्द्र विद्याभुषण’ जस्तो सर्वोत्कृष्ट पदबाट समेत सम्मानित हुनुभएको थियो ।

सम्मान पत्र ग्रहरण गर्दै उहाँले सम्मानले आफ्नो काँधमा थप जिम्मेवारी प्रदान गरेको बताउँदै आफ्नो कार्यलाई अमेरिकामा रहेका नेपालीको पक्षमा निडरताका साथ साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले आफ्नो देशलाई मातृत्व सम्झी आगामी दिनमा अझ बढी आफ्नो पक्षमा देखिने र परिणाम मूखी नतिजा ल्याउने गरी सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले अमेरिकामा करिव ५ देखि ६ लाख नेपालीहरुले बसोबास गरिरहेको बताउँदै करिव ५० प्रतिशत नेपालीहरु गैरकानुनी रुपमा बसोबास गरिरहेको समेत बताउनुभयो । नेपालबाट लाखौं खर्च गरी गैर कानुनी बाटोबाट अमेरिका प्रवेश गरी करिव तीन लाख बराबर नेपाली समस्यामा रहेको समेत उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शेखर खनालले नेपालमा जन्म भई अमेरिकामा कर्म बनाउनु हुने फुलाराले पटक पटक नेपालमा भएका प्राकृतिक विपत्ती, भुकम्प, बाढी पहिरो लगायतमा समस्यामा परेका नेपालीलाई एनआरएनको साथमा कयौं पटक सहयोगी हातहरु फैलाई साथ र सहयोग गर्नुभएकोमा सम्मान गरिएको जानकारी गराउनुभयो । त्यस्तै उहाँले नेपाल अमेरिकाको सम्बन्धलाई प्रगाढ बनाउन समेत उल्लेख्य सहयोग गर्नुभएकोमा फुलारालाई सम्मान गरी आगामी दिनमा उक्त सम्मानले अझ बढी दायित्व बोध गराउनेमा विश्वास लिनुभएको छ ।

कार्यक्रममा आयोजक संस्थाका सचिब तथा युवा साहित्यकार भीष्मराज फुलारा, सदस्यहरु मान बहादुर थापा, हेमाङ्गराज गिरी, श्याम सिंह, ज्ञान खत्री तथा उपराष्ट्रपतिका स्वकिय सचिव सुक बहादुर रोका (शरद) लगायतको उपस्थिती रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com