प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा मुख्यमन्त्रीद्वारा स्वागत

झापा, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा पुगेका छन ।

प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई लगायतले चन्द्रगढी विमानस्थलमा स्वागत गरेका छन । उनले सुखानी शहीद उद्यानमा आयोजना हुने ४६ औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्ने भएका छन् ।

पञ्चायती सरकारले वि.सं २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा कम्युनिष्ट आन्दोलनकारी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको गोली हानी हत्या गरेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com