बैंकर र उद्योगीको पाखुरा सुर्कासुर्की मन परेन : अर्थमन्त्री खतिवडा

काठमाडौं, २२ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक पनि निजी क्षेत्रकै र उद्योग–व्यवसाय पनि निजी क्षेत्रकै  रहेको बताउदै उनले  बैंकर र उद्योगीबीचको पाखुरा सुर्कासुर्की आफूलाई मन नपरेको बताएका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बुधबार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले ब्याजदरको विषयमा बैंकर र उद्योगीबीच पाखुरा सुर्कासुर्की चलिरहेको  र आफूलाई मन नपरेको बताएका छन ।

उनले भने, ‘बैंक पनि निजी क्षेत्रकै, उद्योग–व्यवसाय पनि निजी क्षेत्रकै हो, निजी क्षेत्रको हकमा उद्योग वाणिज्य महासंघ छ, बसेर छलफल गर्नुहोस् न ।’ तपाईंहरुबीच भएको पाखुरा सुर्कासुर्की मलाई पटक्कै ठिक लागेको छैन ।’

निक्षेपको ब्याजदर धेरै हुँदा कर्जाको पनि बढ्दै गएको बताउदै उनले संस्थागत निक्षेपकर्ताहरुलाई पनि ब्याजदर धेरै नखोज्न आग्रह गरेका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com