अनेरास्ववियुले मन्त्री अधिकारीको नाममा पार्क बनाउने
काठमाडौँ, २३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नाममा पार्क बनाउने घोषणा गरेको छ ।
हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीको स्मृतिमा त्रिभुवन विश्व विद्यालयमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो । कार्यक्रममा अनेरास्ववियुले स्वर्गीय अधिकारीको नाममा पार्क स्थापना गर्ने घोषणा गरेसँगै अनेस्ववियूकी अध्यक्ष नविना लामाले संगठनका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय अधिकारीको नाममा अक्षयकोष खडा गर्न एक लाख आर्थिक सहायता दिने घोषणा गर्नुभएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता वामदेव गौतमले मुलुकको समृद्धि अभियानमा सहकार्य गरेर अघि बढ्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका गर्नुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई समृद्ध बनाउने अभियानमा नजुटे संघीय लोकतान्त्रिक गणतन्त्र गुम्नसक्ने तर्फ सचेत गराउनुभयो ।
मन्त्री अधिकारीको निधनबाट मुलुकले अपुरणीय क्षति व्यहोरेको उल्लेख गर्दै नेता गौतमले विश्वविद्यालयहरुले पनि मुलुकको समृद्धिको लागि आवश्यक जनशक्तिको निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले मन्त्री अधिकारीका अधुरा सपना पुरा गर्नु नै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने भन्दै उहाँका अधुरा सपना पूरा गर्ने काममा लाग्न पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आहृवान समेत गर्नुभयो ।