पोखराको विन्ध्यवासिनी मन्दिर जान लिफ्ट
पोखरा, २३ फागुन । पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट चढेर दर्शन गर्न मिल्ने भएको छ ।
विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगको सहजताका लागि लिफ्ट निर्माण गरेको जनाएको छ ।
एकैचाटीमा १२ जनासम्म चढ्न मिल्ने लिफ्ट ६० फिट अग्लो रहेको छ । व्यापारिक घराना लक्ष्मी ग्रुप र हुन्डाई मोटर्सको संयुक्त लगानीमा १ करोड लागतमा बनेको लिफ्टको क्षमता भने ६ सय ८० किलोग्राम रहेको छ ।
साथै समितिका अनुसार जेष्ठ नागरिक र शारीरिक अपांगलाईमात्रै लिफ्टको निशुल्क व्यवस्था गरिएको जनाएको छ ।