ग्याल्बो ल्होसार आज : देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौँ, २३ फागुन । शेर्पालगायत हिमाली भेगका बासिन्दाले मनाउने ग्याल्बो ल्होसार आज विविध प्रकारका कार्यक्रम गरि मनाइदै छ ।

ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ । नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ ।

नेपाल विविध सांस्कृतिक परम्पराले विश्वसमु चिर परिचित रहेको छ । यही विविधताले भरिएको नेपाली समाजका चाडपर्व साझा सम्पत्ति भएको बताउनुभएको छ ।

विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति हो । यसले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com