विश्वप्रकाशद्वारा क्रिकेट रंगशालालाई सहयोग

काठमाडौं, २३ फागुन । कांग्रेस नेता विश्वप्रकाश शर्माले निर्माणाधीन क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् ।

धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रंगशालालाई नेता शर्माले फ्नो विवाहको १६ औं वर्षगाँठको अवसर पारेर  १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन ।

फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसका अनुसार अहिलेसम्म पाँच करोडभन्दा बढी संकलन भइसकेको जनाएको छ  । तीन अर्ब रुपैयाँ लागतमा निर्माण गर्ने घोषणा गरिएको रंगशालाका लागि सहयोग संकलन जारी रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com