राष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानता समेटिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिएकी छन् । सन् २०३० सम्ममा पूरा गर्ने गरी तय गरिएको लक्ष्य पूरा भएमा नेपाल महिलाका लागि अनुकरणीय देश बन्ने राष्ट्रपतिको भनाइ छ ।

राष्ट्रपति भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरेकी छिन् ।

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक रहेको बताएकी छन ।

राष्ट्रपति भण्डारीले सबै महिलाको हक अधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना समेत गरेकी छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com