लाठीचार्ज गर्ने प्रहरीलाई गुलाबको फूल : डाक्टर राउत

काठमाण्डौ, २४ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर सीके राउतले राज्यबाट विभिन्न समयमा आफूहरुमाथि दमन भए पनि आफूहरुले कहिल्यै प्रतिसोधको भावना नबोकेको भन्दै लाठीचार्ज गर्ने प्रहरीलाई आफूहरुले गुलाबको फूल दिएको बताएका छन  ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमका बोल्दै उनले आफूहरु बुद्धका सन्तानका रुपमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको र आफ्ना आन्दोलनमा प्रहरीले कहिल्यै पनि गोली नचलाएको भन्दै राउतले प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन ।

नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच मधेस र देशमा देखिएको मतभेदको समाधान जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत समाधान गर्ने ११ बुँदे सहमति भएको छ ।

देशमा देखिएको समस्या निकै नै सहज र शान्तिपूर्ण रुपमा अवतरण भएको बताउँदै यो अवसर सम्पूर्ण नेपालीका लागि ऐतिहासिक उपलब्धि भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले पहल गरेर आफूहरुलाई राजनीतिको मूलधारमा अवतरण गराएको भन्दै राउतले प्रधानमन्त्री ओलीको प्रशंसा गरेका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com