विखण्डनकारीसँग सरकारको साठगाँठ, राउतसँगको सम्झौता अपारदर्शी : नेता सिंह

काठमाडौँ, २५ फागुन । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पृथकतावादी आन्दोलनमा लागेका सिके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता भएको बताउनुभएको छ ।

शनिबार काठमाडौं नेशनल स्कुलले आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले प्रमुख राजनीतिक दल र तिनका सांसदहरुलाई थाहै नदिइ सरकारले राउतसँग गुपचुपमा सम्झौता गरेको भन्दै सरकारको विखण्डनकारीसँग साठगाँठ भएको आरोप लगाउनुभयो ।

नेता सिंहले भन्नुभयो, ‘दलहरुलाई कुनै जानकारी नै नदिइकन, अन्धकारमा राखेर गुपचुपमा राखेर कार्य अगाडि बढायो सरकारले, संसदमा रहेका राष्ट्रिय दलहरुलाई पनि जानकारी दिएर यो काम गरेको भए यसको आउटकम राम्रो हुन्थ्यो ।’

राउतसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयनमा आउनेमा उहाँले शंका व्यक्त गर्दै कांग्रेस नेतृत्वमा जारी भएको संविधानलाई स्वीकार गरेर राउत सहमतिमा आउनु राम्रो भएको बताउनुभयो । उहाँले राउतसँग सरकारको सम्झौतामा प्रयोग भएको भाषा दोहोरो अर्थ लाग्ने खालको भएकाले नेकपाभित्रै विवाद शुरू भएको समेत बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com