सरकारलाई झुक्याउने प्रयास गरे सिके स्वाह हुनेछन : सचिव लामिछाने

काठमाडौँ, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्वियुका सचिव आरसी लामिछानेले डा. सिके राउतले सरकारलाई झुक्याउने घृणित प्रयास गरे उनले ठूलो मूल्य चुकाउने पर्ने चेतावनी दिनुभएको छ ।

उहाँको भनाई जस्ताको तस्तै :

उहाँले माओवादी शान्ति प्रक्रियामा ल्याउँदा र आउँदाको बखत यदि काङ्ग्रेस र एमालेबाट आजको पछिल्लो घटनाक्रमहरु जस्तै बिरोधको स्वरहरु उरालिएको भए माओवादीले पुनः जङ्गल फर्किएर जनयुद्व मार्फत नै सम्पूर्ण माग पूरा गर्ने बाटो समाउन सक्थ्यो, आउँछु भन्दा वातावरण बनाउने जिम्मा सबैको हुने बताउनुभएको छ ।

१० सिके राउतलाई सरकारले बिश्वास गर्यो – सिकेले सरकारलाई झुक्याउने रणनीति अख्तियार गरेको हो भने यसको ठुलो मुल्य उसैले चुकाउने छ सरकार रावत हरेक कर्म बारे बेखबर छैन ।

२० राउत सम्झौता लगत्तै जनकपुर झरे – कार्यकर्ताले उनलाई पुरानै शैलीमा स्वागत गरे सम्झौता बारे समर्थकहरु संचार माध्यम बाट मात्रै सुचित थिए , के गर्न हुने के गर्न नहुने थाह नपाएरै त्यसो गरेका हुन भने एक मौका बाकी नै छ, राउतले आफ्ना समर्थक भड्किने डरले बिस्तारै परिवर्तित अबस्थाको बारे जानकारी गराउँदै सरकार सङ्गको सम्झौता तल कार्यन्वयन गर्न खोजेका हुन भने केही क्षणलाई सहन सकिन्छ , अझै सिके राउत सकिने कि सुध्रने रुरु जवाफ उनैको कर्मले दिने छ ।

हिजो जनपुरको जस्तो घटना दोहरिन्छ कि दोहोरी दैन देशले हेरिरहेको छ, सिकेको बाध्यतालाई त बुझ्न सकिएला तर छलछाम र षड्यन्त्रले चाई उसैलाई सिध्याउने निश्चिति । राउत परिक्षाको अन्तिम घडीमा छन स् समर्थक नभडकियोस भनेर एक दुई दिनका लागि सिकेले आफ्नै सङ्ग रणनीतिक चाल चालेको हो भने साधुवाद, सरकार सङ्ग चालेको हो भने सिके नै स्वाह हुने छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com