युवा जनशक्ति अब विदेश पलायन हुन पर्दैन : मन्त्री विष्ट

काठमाडौँ, २९ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा जनशक्तिलाई अब विदेश पलायन हुन नपर्ने बताएका छन ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले युवा जनशक्तिलाई विदेश पलायन हुन नपर्ने गरी सरकार देश भित्रै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताएका हुन ।

मुलुक भित्रै रोजगारीको अवसर सृजना हुने गरी दक्ष जनशक्ति उत्पादनको कामलाई पनि सरकारले व्यवस्थित ढंगले अघि बढाउने आश्वासन दिएका छन् ।

मन्त्री विष्टले सरकारले युवाहरुलाई मुलुक भित्रै काम गर्ने वातावरण बनाउन श्रमिकहरुको न्यूनतम पारिश्रमिक तोक्ने काम गरेको पनि स्पष्ट पारेका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com