उपप्रधानमन्त्री यादव सहित तीन जनाद्वारा मरणेपरान्त अङ्ग दान गर्ने घोषणा

काठमाडौँ, १ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सहित तीन जनाले मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् ।

विश्व मिर्गौला दिवसका अवसरमा भक्तपुरमा भएको दशौं नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादव, स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् । तीनै जनालाई मरणोपरान्त काम लाग्ने सबै अङ्ग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com