न्याम्सको उपकुलपतिमा प्रा.डा. साह नियुक्त

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. देवनारायण साहलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति नियुक्त गरेका छन्।

शुक्रबार प्रधानमन्त्री एवम् न्याम्सका कुलपति ओलीले सुनसरीका साहलाई उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीको उपस्थितिमा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत पदाधिकारीलाई शुक्रबारै बालुवाटारमा पद तथा गोपनीयताको सपथ गराए ।

यस्तै न्याम्सका पदाधिकारीमा पर्साका प्रा.डा. सुबोधकुमार अधिकारी शिक्षाध्यक्ष, पाँचथरकी प्रा. प्रमिला देवान रजिस्ट्रार, सुनसरीका प्रा.डा. पियूष दाहाल डिन र सप्तरीका डा. केदारप्रसाद सेञ्चुरी वीर अस्पतालको निर्देशकमा नियुक्त भएका छन् ।

सपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com