विद्यार्थी संगठनद्वारा आईओएमको डीन कार्यालयमा तालाबन्दी

काठमाडौं, ५ चैत । सत्तारुढ विद्यार्थीहरु र स्वतन्त्र विद्यार्थी युनियनले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयमा  तालाबन्दी गरेको छ ।

मंगलबार सत्तारुढ विद्यार्थी तथा स्वतन्त्र विद्यार्थी युनियनले पोखरास्थित गण्डकी मेडिकल कलेज र किष्ट मेडिकल कलेजले विद्यार्थीहरुबाट फिरौतीको शैलीमा रकम असुलेको विषयमा विश्वविद्यालय र डीन कार्यालय मौन बसेको भन्दै डीन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले विद्यार्थीहरुको भविष्य नै चौपट पारेर फरार भएका गण्डकी मेडिकल कलेजका संचालक खुमाप्रसाद अर्याललाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

विद्यार्थीसँग तोकिएको मापदण्डभन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने, छानबिन समितिको प्रतिबेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने र ७२ घण्टाभित्र माग पूरा नभए त्रिवि उपकुलपतिको कार्याल र डीन कार्यालयमा डीनलाई प्रवेश निषेध गर्ने र विश्वविद्यालयका पदाधिकारी र डीनको राजीनामा माग्ने चेतावनी विद्यार्थीले दिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com