रङ्गहरुको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै
काठमाडौं, ६ चैत । रङ्गहरुको पर्व होली आज हिमाली र पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।
होली एक पावन र धार्मिक पर्व हो । बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ ।
हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ ।
आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।
होली पर्वमा सात प्रकारका रङ्गहरुको महत्त्व :
रातो रङ्ग : शक्ति, सौभाग्य, प्रेम, पवित्रता र ऊर्जा
नीलो रङ्ग : लोकहित र ताजगीको साथै धर्मयुद्धको प्रतीक
हरियो रङ्ग : शीतलता, आशाको प्रतिक र प्रकृति प्रेम
कालो रङ्ग : गम्भीरता र सुरक्षा
सेतो रङ्ग : शान्ति, शुद्धता, सहयोग, उज्यालो, निष्ठा एवं एकताको प्रतिक
पहेंलो रङ्ग : प्रसन्न, सुस्वास्थ्य
गुलाफी रङ्ग : भावना, कला एवं कोमलता
सिन्दुर तथा सुनौलो रंग : बल, बुद्धि र ऐश्वर्यको सूचक
दुर्घटनारहित होली बनाउने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ७७ स्थानमा जाँचको व्यवस्थासमेत मिलाएको छ ।