गाउँपालिका उपाध्यक्ष कक्षा ८ को परीक्षा दिँदै

दाङ, ७ चैत । दाङ जिल्लाको गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी हुनुभएको छ । चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको परीक्षामा सामेल हुनुभएको हो ।

चार भाइ र चार बहिनीले उच्च शिक्षा अध्ययन गरेपनि आफूले बीचमै पढाइ छोडेको उहाँको भनाइ थियो । जनप्रतिनिधि भइसकेपछि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको उहाँले बताउनुभयो । सानोमा पढ्दापढ्दै छोडेको भए पनि हरेक क्षेत्रमा अगाडि बढ्न पढाइ महत्वपूर्ण हुने भएकाले पुनःपढाइ शुरु गरेको उहाँले बताउनुभयो ।

उनकी एक छोरा र दुई छोरीले पनि उच्च शिक्षा अध्ययन गरिरहेका छन् । उहाँले भन्नुभयो, ‘जेठो छोराले सब इञ्जिनीयर पढ्छ, जेठी छोरीले कम्प्युटरमा स्नातक गर्दैछ भने कान्छी छोरीले ल्याब पढिरहेकी छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com