तीन प्रहरीको हत्या गरेर आत्महत्या प्रयास

एजेन्सी, ७ चैत । भारतमा एक प्रहरीले तीन साथीको हत्या गरेर आफूले आत्महत्या गर्ने प्रयास गरेका छन् ।

गएराति १० बजे जम्मुकश्मिरस्थित उधमपुरको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)को बट्टल बल्लिया क्याम्पमा कानपुर घर भएका अजित कुमारले क्याम्पमा राइफल चलाएर तीन जनाको हत्या गरेपछि आफूलाई गोली हानेका थिए ।

अजित कुमारले किन गोली चलाए भन्ने खुलेको छैन । उनको भने जिल्ला अस्पतालमा उपचार जारी रहेको जनाएको छ । सीआरपीएफ बटालिएन कमान्डिङ अफिसर हरिन्द कुमारले घटनाको आन्तरिक अनुसन्धान सुरु गरिएको बताएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com