राष्ट्रपति भण्डारीद्वारा संवैधानिक आयोगमा पाँच अध्यक्ष नियुक्त

काठमाडौं, ७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन ।

बिहीबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई भण्डारीले नियुक्त गरेकी हुन् ।

संवैधानिक आयोगको अध्यक्षमा पौडेल, सुवेदी, दत्त र चौधरी संसदीय सुनुवाइबाट पास भएर गएका हुन् भने मुस्लिम आयोगको अध्यक्ष समिम मियाँ अन्सारी संवैधानिक प्रावधानअनुसार संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिनको म्याद पार गरेर नियुक्त भएका हुन ।

सम्पुर्ण नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com